logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीको मन्त्रीहरूलाई कडा निर्देशन: कार्यकर्ता भेटघाटमा होइन काममा ध्यान दिनुस

    प्रधानमन्त्री ओलीको मन्त्रीहरूलाई कडा निर्देशन: कार्यकर्ता भेटघाटमा होइन काममा ध्यान दिनुस

    1.8K
    Shares

    पौष १६ काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    ‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

    पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कामप्रति आफ्नो संयन्त्रमार्फत निगरानी बढाउँदै आएको स्रोतले जानकारी दिएको छ । निगरानीका क्रममा हालै थप गरिएका मन्त्रीहरूले कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदा मन्त्रालयको काममा असर परेको पाइएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend