
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिँदै छन् ।
अध्यक्ष लिङ्देनले पेश गरेकाे राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले राखेकाे धारणाकाे जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजाेकाे बैठक ९ घन्टासम्म चलेकाे थियाे भने सबै केन्द्रीय सदस्यहरूले ३-३ मिनेट आफ्नाे धारणा राखेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend