logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • १६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता संचालन हुने

    १६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता संचालन हुने

    1.1K
    Shares
    १६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता संचालन हुने

    काठमाडौं । नेपाल एपीएफ क्लवको आयोजनामा यही जेठ २१ गतेदेखि २४ गतेसम्म ‘१६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०८०’ संचालन हुने भएको छ ।

    प्रतियोगिताका सम्पुर्ण खेलहरु विश्व व्याडमिन्टन संघ र एसियाली व्याडमिन्टन संघको नियम अनुसार संचालन गरिने बताइएको छ ।

    १० वटा इभेन्ट्सहरु समावेश सो प्रतियोगीताको कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

    व्याडमिन्टनतर्फ पुरुष तथा महिला एकलमा प्र्रथम हुनेले ७० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले टि–सर्ट प्राप्त गर्ने र पुरुष तथा महिला युगलमा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ बर्ष माथि युगल रहेका छन् ।

    प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले प्रतियोगिता सम्बन्धी फारम तथा नियम नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेभसाइट  र नेपाल व्याडमिन्टन संघबाट प्राप्त गर्न सक्ने छन् ।

    प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले एकल इभेन्टतर्फ १५ सय र युगलतर्फ ३ हजार रुपैयाँ इन्ट्री फि तिनुपर्ने छ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा हुनेछ ।

    प्रतियोगिता अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक निर्णायक समितिको निर्णय नै अन्तिम निर्णय हुने छ ।

    प्रतियोगिता सम्बन्धी कुनै जानकारी तथा बुझ्नु पर्ने भएमा सम्पर्क अधिकृत सशस्त्र प्रहरी निरीक्षक सुशिल अधिकारीको मोवाइल नम्बर ९८५१०८५३०८ र सशस्त्र प्रहरी निरीक्षक जोसेफ अधिकारीको मोवाइल नम्बर ९८६०१५७८१८ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

    १२ औँ सहवीर स्मृति खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०८० सम्वन्धित सघं सग आवश्यक समन्वय गरी भदौ महिनामा संचालन गरिने सशस्त्र प्रहरीले जनाकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend