logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • राष्ट्रपति बाइडेनको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध

    राष्ट्रपति बाइडेनको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध

    728
    Shares
    राष्ट्रपति बाइडेनको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको अस्ट्रेलिया र पपुवा न्युगिनी भ्रमण रद्ध भएको छ। कर्जा संकट गहिरिदै गएको भन्दै आगामी साता हुने भनिएको अष्ट्रेलिया र पपुवा न्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरेका हुन्।

    जी–७ सम्मेलनमा सहभागी भएपछि उनले यी देशमा भ्रमण गर्ने तय भएको थियो। अब राष्ट्रपति बाइडेनले जापानमा हुने जी–७ सम्मेलनमा सहभागी भएपछि सोझै अमेरिका फर्किने छन्।

    जसकाकारण अस्ट्रेलियामा आयोजना हुदैँ गरेको ‘क्वाड’ सम्मेलनमा अब उनको सहभागिता रहने छैन। ‘क्वाड’ मा सम्मिलित देशहरूको बैठक यही मे २२ देखि २४ तारिखसम्म सिड्नीमा आयोजना हुँदैछ।

    अमेरिकालाई अहिले ३१ हजार ४ सय अर्ब डलर ऋणको बोझ छ। साथै, सरकारले उधारो लिने सीमा पार गरिसकेको छ। तर, ऋण तिर्नका लागि अमेरिकाले अझै ऋण लिनुपर्ने भए पछि अमेरिकी अर्थतन्त्र गहिरो संकटमा पर्न गएको छ।

    आर्थिक बिश्लेषकहरुले थप ऋणका लागि कुनै सम्झौता नभएमा अमेरिकामा जुन महिनादेखि झन् समस्या देखिने जनाएका छन्।

    यसै बिचमा बाइडेनले सो समस्या समाधान गर्नका लागि गत मंगलबार ह्वाइट हाउसमा आपत्कालीन बैठकसमेत डाकेका थिए।

    यसैबिच, पपुवा न्युगिनीमा हुन लागेको बाइडेनको भ्रमण भने निकै ऐतिहासिक मानिएको थियो।

    अमेरिकाका बहालवाला राष्ट्रपतिले पहिलो पटक प्यासिफिक आइल्यान्डस्थित देशको भ्रमण गर्न लागेको अवसरमा त्यो क्षेत्रमा उत्साह छाएको थियो। तर, वाईडेनले अन्तिममा भ्रमण रद्ध गरे पछि निराशा छाएको जनाईएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend