logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • एसपी मल्ललाई प्रदेश प्रहरीको निर्देशन: १२ घण्टाभित्र जिल्ला छाडिसक्नु

    एसपी मल्ललाई प्रदेश प्रहरीको निर्देशन: १२ घण्टाभित्र जिल्ला छाडिसक्नु

    2.3K
    Shares

    पौष १७ काठमाडौं प्रहरी प्रधान कार्यालयले पुस ४ गते २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको थियो। सरुवा हुनेमा चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्ल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका थिए।

    उनि सरुवा भएको १३ दिन बितिसकेको छ। तर उनले अहिलेसम्म जिल्ला छाडेका छैनन्। सरुवा भएको यतिका दिनसम्म पनि जिल्ला नछाडेपछि उनलाई लाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ।

    सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्। मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो। साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन गराइसक्नुपर्ने नियम प्रहरी संगठनमा छ।

    सरूवा भएको थाहा पाएपछि अधिकृतहरू जिल्ला छोडेर नयाँ आउने अधिकृतलाई ठाउँ खाली गर्छन्। साधारणत: एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो। उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend