logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    शरणार्थी प्रकरण: भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रक्राउ

    शरणार्थी प्रकरण: भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रक्राउ

    1.4K
    Shares
    शरणार्थी प्रकरण: भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रक्राउ

    काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आशंकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरि बिहीबार झापाबाट काठमाडौं ल्याइएको जानकारी दिए ।

    पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए ।

    उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए ।

    उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend