logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मिनि संसद् क्रियाशील, सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

    मिनि संसद् क्रियाशील, सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

    1.3K
    Shares
    मिनि संसद् क्रियाशील, सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

    काठमाडौं । आज संसदीय विषयगत समितिका बैठक बस्दैछन् । सार्वजनिक लेखा समितिको बैठक आज मध्यान्ह साढे १२ बजे समितिको सभा कक्षमा बस्ने तयारी गरिएको छ ।

    आजको बैठकमा वित्तीय जवाफदेहीता, आर्थिक अनुशासन र बेरुजुको विद्यमान अवस्थाको सम्बन्धमा छलफल हुने बताइएको छ ।
    यस्तै, आजै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ ।

    बिहान ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend