काठमाडौं । सिंहदरवारस्थित मन्त्रीपरिषद्को कार्यालयमा अहिले मन्त्रीपरिषद्को बैठक जारी छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
सरकारी ढुकुटी नभरिएको अवस्थालाई मध्यनजर गर्दै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगामी बर्षको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिँदै कृषि र उत्पादन केन्द्रित हुने बताउँदैआएका छन् ।