logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रिय सभा बैठक सुरु

    राष्ट्रिय सभा बैठक सुरु

    1.5K
    Shares
    राष्ट्रिय सभा बैठक सुरु

    काठमाडौं। सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।

    शुक्रबार दिउँसो १ बजेर १ मिनेटदेखि सुरु भएको बैठकमा सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

    त्यस्तै, सांसद गोपी बहादुर सार्की आछामीले प्रतिनिधि सभाबाट प्राप्त ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’ मा राष्ट्रिय सभाका सांसदहरुको मनोनयनसहित समिति गठन सम्बन्त्री प्रस्तावको स्वीकृतको प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ ।

    त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ पेश गर्ने कार्य सूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend