बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सरकारको नीति तथा कार्यक्रम: कर पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारको नीति तथा कार्यक्रम: कर पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा कर पुनरावलोकन गर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप सुदृढ गराई आगामी आर्थिक वर्षमा कर पुनरावलोकन गर्ने घोषणा गरेका हुन् ।

वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बताए । पौडेलले भने,‘सरकारी कार्यालय,विकास समितिलाई गाभ्ने वा खारेज गर्ने र त्यो सम्पत्ति व्यवस्थापन गर्न उचित कानुन प्रवद्र्धन गर्ने व्यवस्था मिलाइनेछ ।’

उनले राजस्व प्रशासनलाई चुस्त बनाइने बताए ।

संघ, प्रदेश र स्थानीय तहको बजेट निर्माणदेखि कार्यान्वयनसम्ममा पुँजीगत खर्च वृद्धि गरिने बताए ।

पौडेलले वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बताए । आगामी आर्थिक वर्ष पुँजीगत खर्चमा वृद्धि गरिने बताए ।

पौडेलले भने,‘राजस्वको दायरा विस्तार गरिनेछ । आर्थिक क्रियाकलापलाई औपचारिक क्षेत्रमा समेटिनेछ । तिनै तहको बजेट निर्माणदेखि कार्यान्वयनसम्म पुँजीगत खर्च वृद्धि गरिनेछ । वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’

सरकारले कृषि उत्पादनलाई प्रोत्साहन गर्न एक वडा एक विशेष उत्पादन क्षेत्र कार्यक्रम अघि सारिएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend