बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् उनले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने पनि बताए ।

राष्ट्रपति पौडेलले विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने पनि बताए । राष्ट्रपति पौडेलले राजश्व चुहावट, न्युन बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पुँजी पलायनमा कडाइ गर्ने बताए ।

उनले राजश्वको दायरा बिस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने घोषणा गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend