एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई लडाकु विमान खरिद गर्न सहयोग गर्ने भएको छ ।
जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् । यसका साथै युक्रेनी पाइलटहरूलाई यो उडान गर्ने तालिम पनि दिइनेछ ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएका छन् ।
विगत केही महिनादेखि युक्रेनका लागि लडाकु विमानको माग गर्दै आएका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यो निर्णयले आफ्नो देशको सैन्य शक्तिमा थप वृद्धि हुने बताएका छन् ।
अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् ।
यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्ने समाचारहरुमा बताइएको छ ।