logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    693
    Shares
    सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुबै सदनकाे बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक आज (आइतबार) बस्दै छ ।

    संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाकाे बैठक बिहान ११ः०० बजे बस्ने छ । राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ ।

    आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभामा जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ ।

    यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।

    छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend