logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नीति तथा कार्यक्रमको संसद्मा प्रतिवाद गर्दै ओलीले भने– ‘जनताको सरकारप्रतिको अविश्वास बढ्यो’

    नीति तथा कार्यक्रमको संसद्मा प्रतिवाद गर्दै ओलीले भने– ‘जनताको सरकारप्रतिको अविश्वास बढ्यो’

    770
    Shares
    नीति तथा कार्यक्रमको संसद्मा प्रतिवाद गर्दै ओलीले भने– ‘जनताको सरकारप्रतिको अविश्वास बढ्यो’

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दावी गरेका छन् ।

    आईतबार सरकारले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो दावी गरेका हुन् ।

    मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरु बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकीर समेत अध्यक्ष ओलीले गरे ।

    उनले सरकार तलव, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याए ।

    उनले भने, ‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्नेहो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढंगले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढदा छन । प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र संकटापन्न भईसकेको देखाएका छन । सरकार राजस्व उठाउन असफल भईसकेको छ । राजस्वले चालू खर्च तलव, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’

    ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्ति समेत जनाए ।

    उनले अहिले पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राखिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend