आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

सुडानको पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

सुडानको पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

 

सुडानको पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको छ। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै विमान दुर्घटनामा परेको थियो । उक्त विमानले हालै जातीय समूहहरू बीच ठूलो झडप भएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो ।

सेनाका प्रवक्ता आमेर मोहम्मद अल हसनले समाचार संस्था एएफपीलाई भने कि मृत्यु हुनेमा सात चालक दलका सदस्यहरू, तीन न्यायाधीश र आठ नागरिक थिए जसमध्ये चार बालबालिका थिए।

विमान दुर्घटनाको कारण खुलेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend