logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • श्रमजीवि पत्रकारले उचित पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक छः मन्त्री शर्मा

    श्रमजीवि पत्रकारले उचित पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक छः मन्त्री शर्मा

    1K
    Shares
    श्रमजीवि पत्रकारले उचित पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक छः मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छिन् ।

    आईतवार न्युनतम पारिश्रमीक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् ।

    मन्त्री शर्माले अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताइन् । उनले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा उठाएको भन्दै समानुपातिक विज्ञापनले पनि न्युनतम पारिश्रमीकको कतिपय कुरालाई समेट्ने विश्वास व्यक्त गरिन् ।

    उनले विज्ञापनमा एकद्वारा प्रणाली र समानुपातिक विज्ञापनले विज्ञापनमा हुने चुहावटहरु कम हुने विश्वास व्यक्त गरिन् । उनले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताइन् ।

    उनले भनिन्, ‘अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने खालको छैन । अन्यत्र क्षेत्रमा तलव वृद्धि हुँदा पनि श्रमजीवि पत्रकारलाई दिने गरिएको न्युनतम पारिश्रमीक बाँच्न गाह्रो खालको छ भन्ने छ, यसमा हामी हेर्नेछौँ । हामीले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा गरेका छौँ, त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नेकुरा एक ठाउँमा छ । एकद्वार प्रणालीको कुरा पनि गरिसकेका छौँ । यसले विज्ञापनमा हुने चुहावटहरु त्यो मिडिया हाउसमा सिधा पुग्नेछ । बीचको चुहावट रोकिएर कानूनले काट्नेबाहेक सबै पैसा मिडिया हाउसमा पुग्दा राम्रो हुन्छ । सरकारले विज्ञापनका माध्यमबाट लगायतका माध्यमबाट एउटा विशेष कार्यक्रम बनाउन सकिन्छ । मन्त्रालय श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी तलव पाउनुपर्छ, भन्नेकुरामा सकारात्मक छ । यसमा मन्त्रालयमा आन्तरिक छलफल गर्नेछौँ । श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन नहुने र ऐन कानून हुँदा पनि केही नहुने भन्ने हुँदैन, दण्ड सजायको व्यवस्था होला । हाम्रोमा केही समस्या छन् । ऐन, विपरित नियमावली बनेर पनि चलेका छन्, त्यसै कुरालाई व्यवस्थित ढंगले सोच्नेछौँ ।’

    मन्त्री शर्माले ऐन विपरित नियमावली बनेर चलाइएको भन्दै त्यसलाई व्यवस्थित गर्ने दिशामा सरकार रहेको बताइन् ।

    निर्धारण समितिले प्रत्येक २ वर्षमा न्युनतम पारिश्रमीक पुनरावलोकन हुनुपर्नेमा कोरोनाको कारण देखाइ पछिल्लो समय न्युनतम पारिश्रमीक पुनरावलोकन हुन नसकेको भन्दै नयाँ पारिश्रमीक पुनरावलोकन सिफारिस कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

    सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले ऐन बमोजिमको सुविधान पाए, नपाएको सत्य तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्नका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था गर्न, ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानमा कुनैपनि सरकारी सूचना प्रकाशन/प्रशारण गर्न नपाइने व्यवस्था गर्न लगायतका ८ वटा मागहरु सरकारसमक्ष राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend