बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसअघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता थिए । उनी उपराष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend