logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आरोप–प्रत्यारोप छोडेर यथार्थपरक र वस्तुनिष्ठ टिप्पणी गर्नुपर्छ: राजकिशोर यादव

    आरोप–प्रत्यारोप छोडेर यथार्थपरक र वस्तुनिष्ठ टिप्पणी गर्नुपर्छ: राजकिशोर यादव

    980
    Shares
    आरोप–प्रत्यारोप छोडेर यथार्थपरक र वस्तुनिष्ठ टिप्पणी गर्नुपर्छ: राजकिशोर यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सत्तापक्ष हुँदा सबै कुरा सकारात्मक र प्रतिपक्ष हुँदा सबै कुरा नकारात्मक देख्ने संस्कृति बसिसकेको भन्दै उनले यस्तो सोचले देशको विकास हुन नसक्ने बताएका छन् ।

    उनले भने, ‘यो दुर्भाग्य हो संसदीय व्यवस्थाको । एकप्रकारको संस्कृति पनि छ । सत्ता पक्षमा हुन बित्तिकै सबै कुरा चमत्कारिक रुपले हुन्छ । गरिनेछ भन्ने हुने । र विपक्षमा जाने बित्तिकै सबै कुरा केही हुँदैन । नकारात्मक दृष्टिकोण जुन छ, यो दुईवटै सोच नेपालमा विकास नहुनुमा यो कारण हो जस्तो लाग्छ मलाई । वस्तुनिष्ठ, यथार्थपरक ढंगले आजको नेपाल जे छ, आज हामी जुन राजनीतिक व्यवस्थामा छौँ हाम्रा अग्रजहरुको ठूलो भुमिका छ उहाँहरुलाई कदर गर्नुपर्छ । सम्मान गर्नुपर्छ । अहिलेको चरण अब राजनीतिक होइन आर्थिक क्रान्तिको चरण हो । आरोप पत्यारोप छोडेर अब यथार्थपरक भएर हामी सबैजना नेपाल बनाउनुपर्छ चिन्तन र ध्येयले काम गर्नुपर्छ । सत्य कुरालाई सबैले स्वीकार गर्नुपर्छ । प्रतिपक्षमा हुन बित्तिकै सत्य, सत्य हुँदैन । या सत्तापक्षमा हुन बित्तिकै असत्य, सत्य हुन्छ । त्यो मान्यता छ, हामीले नयाँ ढंगले शुरुवात गरौँ । सही कुरा छ, देश हीतमा छ भने प्रतिपक्षमा भएपनि त्यो कुरालाई बढावा दिएर गयो भने देश हीतमा हुन्छ ।’

    आरोप–प्रत्यारोप छोडेर यथार्थपरक र वस्तुनिष्ठ टिप्पणी गर्नुपर्ने उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend