काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दलले सरकारको निति तथा कार्यक्रम पुनःलेखन गर्ने कुरा उठाउनु जायज नभएको बताएका छन् ।
उनले निति तथा कार्यक्रममा पुराना राम्रा कुराहरु पनि समेटिएको उल्लेख गरे ।
उनले भने, ‘प्रतिपक्षले पुर्नलेखनको कुरा गरेको छ जायज होइन । किनकी यो नीति तथा कार्यक्रममा पुराना कुराहरु पनि समेटिएको छ । पुराना राम्रा राम्रा कुरा समेटिएको छ । केही नयाँ कुराहरु पनि समेटिएको छ । त्यसकारण हामीले निर्धक्क तरिकाले आफ्नो सुझावहरु राख्नुपर्छ ।’