काठमाडौं । राजधानीमा जारी काभा वुमन्स् भलिबल च्यालेन्ज कप प्रतियोगितामा भारतीय टोली लगातार दुई खेलमा विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित निकालेको हो ।
पहिलो सेट २५–१७ ले हारेको किर्गिस्तानले दोस्रो र तेस्रो सेटमा झनै फितलो प्रदर्शन गर्यो । यी दुवै सेट उसले २५–८ ले गुमायो ।
समूह बीमा दोस्रो खेल जितेको भारत सेमिफाइनल नजिक पुगेको छ । उसले हिजो बंगलादेशलाई पनि ३–० को सेटमा नै हराएको थियो ।
हिजो नेपालसँग पराजित भएको किर्गिस्तानको यो लगातार दोस्रो पराजय हो ।
नेपाल आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।