बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ: सांसद पाण्डे

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ: सांसद पाण्डे

k|ltlglw;ef a}7sdf ;f+;b kf08] sf7df8f}F, ( h]7 M k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf ;/sf/sf] gLlt tyf sfo{qmd af/] egfO{ /fVb} ;f+;b lxt/fh kf08] . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको बताए ।

उनले पर्यटनको विकास र जनताका आकाङ्क्षालाई सम्बोधनका लागि नीति तथा कार्यक्रमले बाटो खोलेकाले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उनले जनताको सङ्घर्ष र बलिदानबाट आएको सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने सोच नीति कार्यक्रममा रहेको र समाजवादको आधार निर्माण गर्ने आधार सिर्जना गरेको टिप्पणी गरे ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend