logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने ठोस योजना आएनः सांसद गुरुङ

    नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने ठोस योजना आएनः सांसद गुरुङ

    1.4K
    Shares
    नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने ठोस योजना आएनः सांसद गुरुङ

    काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताएका हुन् ।

    उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताए । उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताए ।

    सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताए ।

    उनले भने, ‘सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हामीले धेरै कुरा उठाएका छौँ । तर त्यो हुन्छ कसरी ? त्यसको पनि यो नीति तथा कार्यक्रममा ठोस नीति आएन । मुलुकको अर्थतन्त्र संकटमा छ, मन्दीमा छ । संकटमा भएको अर्थतन्त्रलाई कसरी माथि उठाउने ? यसबाट कसरी हामी पार गरेर समृद्धिको दिशातिर अगाडी जाने भन्ने कुरामा हाम्रो नीतिगत छलाङ कहाँ हुनुपर्ने हो ? त्यो ठोस रुपमा आएन । अर्थतन्त्रको समस्या समाधान कसरी गर्ने भन्नेपनि आएन । सबैभन्दा जल्दोबल्दो समस्या संघीयताको कार्यान्वयन संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । संघीयतामाथि अझ प्रश्नहरु उठिराखेको छ । यो प्रश्न उठ्ने काम संघीयता पक्षधरहरुकै कामले, हाम्रै अयोग्यताका कारणले उठिरहेको छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु । उत्पादन सम्बन्धमाथि भइरहेको दलाल नोकरशाही पुँजिपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजीवादको विकास गरेर स्वाधिन राष्ट्रिय अर्थतन्त्रको निर्माण गरेर मात्रै हामी समाजवादका आधारहरु तयार गर्न सक्छौँ । समाजवादमा पुग्नसक्छौँ । यो नीति, कार्यक्रममा नभएकोले कुरा उठाइरहेको छु ।’

    उनले नीति, कार्यक्रममा दलाल पुँजीवादलाई बलियो बनाउने कि राष्ट्रिय पुँजीवादलाई बलियो बनाउने भन्ने स्पष्ट नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend