काठमाडौँ –नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको मूल्य शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार र बिहीबार स्थिर थियो ।
अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएकाे छ ।