सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा शाहलाई एमाले सांसद पन्तकाे चेतावनी

तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा शाहलाई एमाले सांसद पन्तकाे चेतावनी

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिएका हुन् ।

उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए ।

उनले राजाले शान्तिपूर्ण रुपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए ।

उनले भने, ‘ज्ञानेन्द्र दुइचोटी राजा हुनुभयो । तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस् । दुई चोटी राजा हुनुभयो पुग्यो तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस् । किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो । नेपाली जनताको चाहाना अनुसार । अन्त धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समुल पारेका छन् । नेपालमा सझदारीले राम्रो के भयो भनेदेखि राजाले पनि जनताको भावना बुझेर शान्तिपूर्ण ढंगले गद्दी छोडे । र त्यो गद्दी छोडिसकेपछि कुनै बदलाको कारबाही पनि बहुदलवादीहरुले राजालाई गरेनन् । राजा भूतपूर्व राष्ट्राध्यक्षको रुपमा शान्तिपूर्ण ढंगले उहाँको कुनै सम्पति पनि खोसिएको छैन । उहाँले कसरी कमाउनुभएको छ भनेर खोजिनिति पनि गरिएको छैन । ति सबै कुरालाई शान्तिपूर्ण ढंगले समाधान गरियो र राजालाई पूर्वराष्ट्राध्यक्षको रुपमा देशले सम्मान, सुरक्षा दिएको छ । त्यसको राजाले कदर गर्नुप¥यो । राजीतिक लक्ष्य त्याग्नुप¥यो । राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भैहाल्यो ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend