काठमाडौँ । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दैछ।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताकाे सपथ ग्रहणअघि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बोलाइएको हो ।
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।