मधेश । महोत्तरीबाट एक क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीका अनुसार प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकमा पोका पारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका–३ अजमरपट्टी स्थितबाट दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुवै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महोत्तरीका प्रहरी प्रवक्ता गिरीले जानकरी दिए ।