काठमाडौं । जसपाबाट सरकारमा सहभागी भएका नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराए ।
प्रधानमन्त्री प्रचण्डले हिजो मंगलबार जनता समाजवादी पार्टी जसपाको सिफारिसमा महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।
योसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय बनेसँगै सरकारले पूर्णता पाएको छ ।