
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान प्रकरणमा मुछिएका जोकोही भएपनि छाड्न नहुने बताउँदै सरकारको परीक्षाको रुपमा रहेको बताएका छन् ।
बुधवारको संसदमा विशेष समयमा बोल्दै सांसद् थापाले उक्त प्रकरणले सरकारको परीक्षा भइरहेको समेत बताए ।
‘सरकारको परीक्षा भइरहेको छ। अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्,’ उनले भने।
थापाले यो प्रकरणमा अब न्यायालयको परीक्षा सुरु हुनेसमेत बताए।
शरणार्थी प्रकरणमा नाम मुछिएका केही व्यक्तिहरुलाई प्रहरीले अनुसन्धानमा ल्याउन नसकेकोतर्फ संकेत गर्दै थापाले भने, ‘घरको मान्छे होस् या बर्दालीको चाहे नेता होस् ।’
‘सलाम गर्ने मान्छे होस् या सलाम लिने मान्छे। जसको नाम आएको त्यसको फेयर अनुसन्धान होस्। सरकारको परीक्षा छ। सरकारको परीक्षा सकेपछि न्यायालयको परीक्षा शुरु हुन्छ,’ उनले भने।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend