शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

रुपन्देहीमा करेन्ट लागेर मजदुरको मृत्यु

रुपन्देहीमा करेन्ट लागेर मजदुरको मृत्यु

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा शुद्धोधन गाउँपालिका–४ फर्साटिकरका २८ वर्षीय पवन थारु रहेका छन् ।

मंगलबार दिउँसो पराजुली ग्रिल उद्योगमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको रुपन्देहीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend