logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुनेछाैँ: सचेतक शाही

    सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुनेछाैँ: सचेतक शाही

    819
    Shares
    सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुनेछाैँ: सचेतक शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताएका हुन् ।

    प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताए । उनले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गरे ।

    ट्रेड युनियनहरुकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो ।

    उनले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्रीवितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    सांसद शाहीले भने, ‘प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु । यो ट्रेड युनियन भन्ने छ नि । यसलाई खारेज गरिदिनुस । यसले कलकारखाना बन्द मात्रै गरिराखेको छ । लगानीकर्ताको लगानी सुरक्षित गर्ने ग्यारेन्टी गरिदिनुस । प्राकृतिक स्रोतको प्रयोग गर्नुस । जस्तो रुख एउटा काट्यो भने दुईटा लगाउने व्यवस्था गर्नुस । जडिबुटीहरु किसानलाई उत्पादन गर्न दिनुस् । अनि, विदेशी मदिरालाई चट्ट परेर खाने, अनि लोकल मदिरालाई चाँही घरघरमा पुलिस गएर तोडफोड गर्ने होइन । लोकल मदिरालाई पनि गुणस्तर मापदण्ड चेकगरी खुलमखुला बेच्ने, विदेशी मदिरा रोक्ने कानुन बनाउनुस । तवमात्र देशको अर्थ व्यवस्था बलियो बन्छ । यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेमजस्तो नबनाऊ । र, भ्रष्टाचारी, अपराधीहरुलाई कानुनी कारबाही गरौं । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं । यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ । सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

    प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जुडिबुटीको उत्पादन तथा विक्रीवितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend