सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

एजेन्सी । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।

मूल्य वृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

ओएनएसका प्रमुख अर्थशास्त्री ग्रान्ट फिट्जनरले भने, ‘यद्यपि, सामान्यतया मूल्यगत वर्षको तुलनामा धेरै उच्च रहेको छ भने वार्षिक खाद्य मूल्य मुद्रास्फीति ऐतिहासिक उच्च नजिक पुगेको छ ।”

तीव्र गिरावटको बावजुद, अप्रिलको दर बैंक अफ इंग्ल्याण्ड (बीओई) को गत महिनाको मुद्रास्फीतिको पूर्वानुमान ८.४ प्रतिशतभन्दा माथि रहेको छ ।

अप्रिलमा बेलायतको वार्षिक मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी पुगेको थियो ।

बीओईको २.० प्रतिशतको लक्ष्य दर धेरै टाढा रहेको छ । तर, बेलायत सरकारले यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति लगभग ५.० प्रतिशतमा झर्ने दावी गरेको छ ।

फिट्जनरले थपे, ‘गत महिना, ‘मुद्रास्फीतिको दर उल्लेखनीय रूपमा घटेको छ किनकि गत वर्ष देखिएको ठूलो ऊर्जा मूल्य वृद्धि दोहोरिएको थिएन । तर सेकेन्ड ह्यान्ड कार र चुरोटको लागतमा भएको वृद्धिले लक्ष्यलाई आंशिक रूपमा प्रभावित गरेको थियो ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बेलायती अर्थतन्त्रका लागि आफ्नो पूर्वानुमानमा ठूलो यू–टर्न दिएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आईएमएफले गत अप्रिलमा ०.३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

अर्थमन्त्री जेरेमी हन्टले बुधबारको तथ्याङ्कपछि भने, ‘आईएमएफले मङ्गलबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न निर्णायक कदम चालेका बताएको छ । यो अहिले एकल अङ्कमा छ, तर खाद्य पदार्थको मूल्य अझै पनि तीव्र गतिमा बढिरहेको छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend