logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गरे: राज्यमन्त्री सिर्पाली

    हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गरे: राज्यमन्त्री सिर्पाली

    889
    Shares
    हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गरे: राज्यमन्त्री सिर्पाली

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सगरमाथा आरोही (दुवै खुट्टा गुमाएका) हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गरेको बताएकी छन् ।

    बुधवार संस्कृति, पर्यटन त्था नागरिक उड्डयन मन्त्रालयमा बुढामगरसहितको आरोही टिमलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले सबै सबल भएको व्यक्तिले समेत जीवनमा असफल भइने हो की भन्ने सोच्ने गरेको उल्लेख गर्दै आरोही बुढामगरले आँट गरे असम्भव केही नरहेको जिकिर गरिन् ।

    उनले सोचमा अपांगता भएको खण्डमा कुनैपनि काम गर्न नसकिने बताइन् । राज्यमन्त्री ठकुरीले हरि बुढामगरको आरोहणले अनुसन्धानको विषय बनाएको पनि बताइन् ।

    मृतकलाई बचाउन बाहेक सबैकुरा जीवनमा आँट र इच्छाशक्ति भए सम्भव छ भन्नेकुराको प्रमाणित गरेको राज्यमन्त्री ठकुरीको भनाइ थियो ।

    उनले भने, ‘हामी सबै कुराले सबल भएका मानिसहरु पनि जीवनमा असफल देख्ने गर्छौं । निराशाले मानिसको जीवनको अन्तिम निस्कर्ष भनेको मृत्यु हो भन्ने जस्तो पनि यो समाजमा धेरै त्यस्ता घटनाहरु पनि हामीले देख्छौँ । हरिबहादुर बुढामगरको सिंगो टिम जुन उपस्थिति छ, ऐतिहासिक कीर्तिमान कायम गरेर, सबैतिर चर्चा छ, प्रत्यक्ष परिदृश्य देख्दा समाजमा दुई कुराको अनुभुति भएको छ । मान्छेको सोचमा अपाङ्गता हुन्छ तर शारीरिक रुपमा हुँदैन भन्नेकुराको हरि बुढामगरलाई हेरे पुग्छ । सोचमा अपांगता ल्यायौँ भने कुनैपनि चिजमा सफलता पाउन सक्दैनौँ । आरोहण सम्पन्न गर्न नयाँ खुट्टाको आविष्कार गरियो भन्ने जुन कुरा आएको छ, यसले उहाँको सफल आरोहणले अनुसन्धानको विषय बनाएको छ । अब हामी खोज पनि गर्छौं की जीवनमा सबैकुरा सम्भव छ । मृतकलाई बचाउन बाहेक अन्य सबै काम गर्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ ।’

    सम्मानग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सगरमाथा आरोही हरि बुढामगरले हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुशी लागेको बताए ।

    उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए । उनले शारीरिक अशक्त भएका व्यक्तिहरुलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बताए ।

    उनले भने, ‘पहिला म यही अफिसमा हिमाल चढ्न अनुमतिका लागि आएको थिएँ, एउटा नियम परिवर्तन गर्न भन्दै आएको थिएँ भने अहिले एउटा सम्मानित हुन आएको छु । रिजेक्ट गरेको अफिसले अहिले बोलाएर सम्मान गर्दा खुशी लागेको छ । यो मेरो मात्र नभइ सम्पूर्ण अपांगता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्नेकुराको सन्देश दिएको छ । गरेपछि हुँदो रहेछ भन्ने भएको छ । यसले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिहरुले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने म्यासेज गएको छ ।’

    आरोही बुढामगरले सगरमाथा आरोहणका लागि पहिला साना–साना हिमालहरुको आरोहण गरेर मात्रै जान सुझाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend