बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

भोलि भोटो देखाउने यात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

भोलि भोटो देखाउने यात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले भोटो देखाउने जात्राको भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएको छ ।

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ ।

उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन रहँदै आएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend