पौष १८ काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ६८ लाख ४८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सेवामा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा ४ करोड ६८ लाख बिगो मागसहित मुद्दा दायर गरेको हो।
सार्वजनिक सेवामा बहाल रहँदा ७९ लाख ५४ हजार ७ सय ९५ वैध आम्दानी गरेका ढुंगानाले सो अवधिमा ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ लगानी तथा खर्च गरेको देखिएको थियो ।
आम्दानी र खर्चबीच तुलना गर्दा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत खुलेको थिएन ।