logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा समाजवादीद्वारा थप सशक्त आन्दोलनकाे घोषणा

    भुटानी शरणार्थी प्रकरणमा समाजवादीद्वारा थप सशक्त आन्दोलनकाे घोषणा

    1.1K
    Shares
    भुटानी शरणार्थी प्रकरणमा समाजवादीद्वारा थप सशक्त आन्दोलनकाे घोषणा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षको कार्यक्रम गर्ने बताएको छ।

    बुधवार सम्पन्न सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले थप सशक्त आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।

    विभागका प्रमुख डा विजय पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको छ ।

    यस्तै, काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।

    त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि आग्रह गर्ने भएको छ ।

    समाजवादीले यसपूर्व पनि देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडा सजाय माग राख्दै विरोध प्रदर्शन गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend