logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • स्कारपियो दुर्घटनामा गम्भीर घाइते बालकको उपचारका क्रममा निधन

    स्कारपियो दुर्घटनामा गम्भीर घाइते बालकको उपचारका क्रममा निधन

    1.7K
    Shares
    स्कारपियो दुर्घटनामा गम्भीर घाइते  बालकको उपचारका क्रममा निधन

    ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार बिहान स्कारपियो दुर्घटनामा एक बालकको ज्यान गएको छ ।

    प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

    बिहीबार बिहान ८ः३० बजेतिर गुम्बानजिक सडकबाट जिप करिब एक सय मिटर तल झरेको छ । सो दुर्घटनामा फुङ्लिङ नगरपालिका –६ का सागर गुरुङका नाबालक छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

    प्रनाउ लिम्बूका अनुसार दुर्घटनामा परी गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारार्थ अस्पताल लगिएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउने क्रममा अनियन्त्रित भई स्कारपियो दुर्घटना भएको बताइएको छ । चालक कृष्ण गुरुङ घाइते भएका छन्।

    आँखालगायत शरीरका अन्य भागमा उहाँलाई चोट लागेको छ । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend