शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सोलुखुम्बुमा ५२ वर्षीया महिलाको हत्या

सोलुखुम्बुमा ५२ वर्षीया महिलाको हत्या

सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा हतियार प्रहार गरी हत्या गरिएको छ। उनका अनुसार मृतकको जिउभर चोटैचोट रहेको छ ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाट राती नै प्रहरी निरीक्षक राम किशोर शाहको नेतृतवमा प्रहरी परिचालन भएको छ ।

घटनाका दोषी पत्ता लगाउन घटनास्थल सुरक्षित राखिएको छ भने तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटना गएराती ७–८ बजेको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend