
दाङ । घोराहीमा ६० बर्षीया वृद्धमाथि धारिलो हतियार प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्तोष न्यौपाने अनुसार जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारकी ६० बर्षीया राकीमाया रोकामाथि बिहीबार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको सुन र मोबाइल लुटिएको छ ।
उनले धारिलो हतियार प्रहारबाट राकीमायाको ढाड, टाउको, घाँटीमा चोट लागेको बताए ।
गम्भीर घाइते राकीमायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याइएको थियो।
त्यहाँबाट रेफर गरी भैरहवामा उपचार भइरहेका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।
बुधबार घरमै बसिरहेको अवस्थामा अपराह्न साढे चार बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी सुनको सिक्री र मोवाइल लुटेर भागेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend