काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पशुपतिमा जलहरीसम्बन्धमा प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक बसेको छ ।
सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् ।
१० जेठमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाएका थिए ।
सुनको जलहरी भनेर पित्तल लगाइएको उनको आरोप थियो ।
सो आरोप आधारहीन भएको भन्दै एमालेले विरोध जनाएको छ । एमालेले झुटा आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।
सर्वदलीय बैठक नयाँ वानेश्वरस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सर्वदलीय बैठक बसेको छ ।