काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका हुन् ।
राष्ट्रपतिको पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमा फाइल फिर्ता गरेको हो ।
रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको बताइएको छ ।
साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।