काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण अवरुद्ध संसद् बैठक सुचारु गर्न प्रमुख चार दलका प्रमुख सचेतक र सचेतकबीच छलफल भइरहेको छ।
एमालेको अवरोधपछि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले सहमति खोज्ने प्रयास गरेका हुन्। सभामुख घिमिरेको कार्यकक्षमा छलफल जारी छ।
पशुपतिनाथमा राखिएको जलहरीबारे प्रश्न उठेपछि शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित हुने पुगेको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ ।