logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • ‘आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति देशद्रोह’

    ‘आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति देशद्रोह’

    959
    Shares
    ‘आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति देशद्रोह’

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन् ।

    देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उनको जिकीर थियो ।

    पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहिन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताए ।

    एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद अवरुद्ध गर्नु परेको पनि अध्यक्ष ओलीले बताए । उनले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएपनि सत्तारुढ दलहरुले मिलेर आरोप लगाईरहेको समेत बताए ।

    उनले भने, ‘हामी यतिबेला चौतर्फी घेराबन्दी छौं । तीव्र घेराबन्दीमा । हरेक कुरा भन्नुस्न । नभएको भुटानी शरणार्थी भएको ठाउँमा गैर भुटानीहरुलाई शरणार्थी बनाएर विदेश पठाउने खालको त्यस्तो धन्दामा केही व्यक्तिहरु सामेल भएका रहेछन । अहिले म को यसमा संलग्न छ ? के छ ? अदालतमा केश छ । अहिले म धेरै भन्न चाहन्न । तर यो सम्पूर्ण हिसावले एक ढंगले सम्पूर्ण रुपमा एमालेतर्फ नै बाढि चाँही खन्याउन खोजियो । मिडिया, सामाजिक सञ्जाल आदिइत्यादि । यो आयो भनिएको छ । आएपनि नआएपनि, जे भएपनि हावाहुरी चलाएको छ । एमालेका विरुद्ध । र मानी लिऊ एमालेले नै यो सबै गरेको छ । जबकी यसमा एमाले कहीँकतै संलग्न छदैछैन । एमाले यस्ता कुराहरुसँग सम्बन्धित छदैछैन । नेकपा एमाले भ्रष्टाचारको सधैं विरोधी छ । स्वच्छता, पारदर्शीता, सुशासनको पक्षमा छ । तर एमालेलाई बदनाम गर्न खोजियो । आज संसद अवरुद्ध भईराखेको छ । अस्तीका दिन मात्रै एक जना माओवादी सांसदले बोल्दा, रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिले १ अर्व केपी ओलीले खायो, कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्‍यो भनेर एक जना सांसदले बोले । आज त्यस विषयमा संसद अवरुद्ध । हुनैपर्छ संसद अवरुद्ध । किनभने यस्तो बकबास, यो त किनभने एउटा जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिँडदैनन् । आधारहिन, असत्य र जनतालाई भ्रममा पार्ने खालका कुराहरु पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भन्ने यस्तो खालको बकबास, संसद जस्तो गरिमामय ठाउँमा । २ अर्व औषधिको पैसा खायो भन्ने । त्यसको कि त पुष्टि हुनुपर्‍यो । पुष्टि हुने त कुनै सम्भावना छैन । नेकपा एमाले, त्यसमा पनि मैले, जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु । त्यही मान्छेका विरुद्ध यो त इमानका शत्रुहरुले गर्ने काम हो । यो देशद्रोही तत्वहरुले, देशमा चाँही कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै बितृष्णा जगाउने यो देशद्राही काम हो । यस्ता मान्छेहरु क्रियाशील छन अहिले । र, संसद अहिले अवरुद्ध भैराखेको छ । के हो भने हाम्रा विरद्ध जो बोले पनि हुने । जे प्रचार गरे पनि हुने । जे बोले पनि हुने । र, विनासिति ढंगले हाम्रा मान्छेहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका र खासगरी मेरो नजिक रहेका भनिएका मान्छेहरुलाई कसरी नाम पोल्न लगाउने, कसरी नाम लेख्न लगाउने, कसरी मुछ्न र त्यो कसरी प्रचार गर्न लगाउने । पुलिस कहाँ कसेले नाम उच्चारण ग¥यो भने अखबारमा त्योसँगसँगै कसरी पुग्छ ? कहिले कहिले अघिल्ला दिन अखबारमा पुग्छ । भोलीपल्ट बयानमा आउँछ । कस्तो तयारी साथ बयान रोकेर मान्छेलाई सही गराइएको छ । अनि, भ्रष्टाचार कसरी भएको छ ? यसका पछिद दिनदिनांक तथ्यांकसहित आउँदै जानेछ । अहिले यति भनौं । जेठ १९ गते नै निवेदन गरेका रहेछन मान्छेले । त्यतिबेलै मान्छे पक्राउ परेका रहेछन । यस्तो केशमा निवेदन परेपछि जेठ १९ गते गत वर्ष एक वर्ष पूरा हुन सात दिन बाँकि छ । त्यति अगाडि नै निवेदन परेको रहेछ नि । त्यो निवेदन अनुसार मान्छे गिरफ्तार भएका रहेछन । उनीहरुलाई छोडने को को हुन ? किन छोडे ? के कारणले छोडे ? त्यसको खोजि हुनु पर्छ कि पर्दैन ? किन छोडे ? किन गुपचुप गर्न खोजियो ? किन मिलाउन खोजियो ? त्यसपछि निवेदनको बाढी आउन थाल्यो । थोरै मान्छे ठगिएका रहेनछन । निवेदनको बाढि आउन थालेपछि । निवेदनको बाढी आउन थालेपछि थाम्न नसकेर फेरी गिरफ्तार भए । छोप्न खोजियो । १२ गते मान्छे गिरफतार हुन्छन । १८ गते दलालहरु ल्याएर गिरफतार मान्छेहरुसँग घण्टौ भेटघाट गराएर नयाँ खालका योजना बनाईन्छ । ती मान्छे किन गए त्यहाँ ? कसले पठायो ? नौं करोड मैले बुझाए भन्छ एउटा मान्छे । कहाँबाट ल्याएर बुझायो । दुनियासँग पैसा उठाएको छ उसले ऊ अपराधी हो कि होइन ? तर सरकार नौं करोड बुझाएको मान्छेलाई सूचना दातामा पो राख्छ । नौं करोड बुझाउने मान्छेलाई सूचनादातामा राख्छ । यहाँ मिलेमतो छैन कसरी भन्ने ? भ्रष्टाचार छैन कसरी भन्ने ? त्यसकारण कसकसको संलग्नता छ ? भोली समयक्रममा क्रमशः यो उजागर हुँदै जानेछ । म साथीहरुलाई के भन्छु भने एमालेका विरुद्ध अनेक प्रकारका हिजो छ्याप्ने प्रयास, आरोपित गर्ने प्रयास अनेक प्रयासहरु हुन सक्छन । अनेक प्रकारका हमला हुन सक्छन । हमलाको प्रकृतिमा त अस्ती म पूर्वाञ्चल जाँदा ढुंगा हान्ने, ढुंगा हानेर मार्ने । त्यो सम्मका क्रियाकलाप भए । र, सरकारले ती मान्छेहरुलाई गिरफतार पनि गर्दैन । ढुंगा हानी राखेका छन । तर उनीहरुलाई गिरफदार पनि गर्दैन । पुलिसलाई धकेलेका छन । पुलिस निरीह छ । गिरफतार गर्ने आदेश छैन भन्छ । लाठी चार्ज गर्ने आदेश छैन भन्छ । यसरी सरकार प्रोटेक्शन गरिराखेको छ । हिंसालाई बढावा दिईराखेको छ । हिंसात्मक घटनालाई प्रोटेक्शन गरिराखेको छ । हिंसावादीहरुको मनोवल उठाउने काम गरिराखेको छ । उनीहरुलाई कालो झण्डा देखाउन, नारा लगाउन पाउनुहुन्छ । जे गर्नु हुन्छ पाउनु हुन्छ गिरफतार गर्दैनौं भन्छ । सरकारले विपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री, देशको प्रमुख पार्टी मध्येको एउटा पार्टीको अध्यक्षमाथि त्यस्तो ज्यान मार्ने उद्योगहुँदा, विभिन्न ठाउँमा त्यस्तो हुँदा सरकारले किञ्चित दुःख मनाउ गरेन । सरकारले आफ्नो कमजोरी महशुस गरेन । यो नरामो कुरा हो भनेर सरकारले कतै पनि बोल्दैन । वास्तवमा सरकारको भूमिका एमाले विरोधी छ । देशको पक्षमा कुनै काम गरेको छैन । एमालेका विरुद्धमा काम गरेको छ । अहिले नीति, कार्यक्रम देख्नु भयो होला । नीति, कार्यक्रममा बारेमा पनि संसदमा छलफल गरेँ । त्यसको कमीकमजोरी भने । विसंगतिहरु देखाए । त्यसवापत सारा सत्तापक्षले नीति, कार्यक्रम बिर्सियो । केपी ओलीको विरोध । विरोध गर्दैजाँदा त कहाँसम्म पुग्यो भने औंषधिमा २ अर्व खायो । त्यो कहाँबाट खाएको हो ? त्यो निकाल्नु प¥यो । यत्तिकै चल्दैन त्यो । पशुपतिमा मैले र रकम दिने हो पशुपतिलाई । पशुपतिमा रकम दिएपछि अनि सुनको कि पित्तलको मैले ट्वाकट्वाक पार्न गएको थिए त्यहाँ ? कुन चाँही हो भन्ने होइन । मैले त रकम दिने हो त्यहाँ । त्यहाँ समिति छ । त्यहा सेना गार्ड बसेर चिजहरुको निर्माण गरेको होला । अनि गैर जिम्मेवार पारा । अनुत्तरदायी मात्रै होइन । गैर जिम्मेवारीको हद । यस्तोयस्तो मान्छे संसदमा पुगेका छन नि सामाजिक मर्यादा पनि नबुझ्ने, यस्ता तत्वहरु संसदमा पुगेका छन । यस्तो बोल्ने तत्वहरु । दुःखको कुरो हो । डेमोक्रेसी जसरी अगाडि जानु पर्दथ्यो । डेमोक्रेसीमा जस्तो समाज हुनु पर्दथ्यो । आज त्यस्तो समाज भईराखेको छैन । तर म भन्न चाहन्छु–यस देशमा नेकपा एमाले छ । यसले देशलाई साँच्चैको लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध मुलुक बनाई छोडछ । र, सुखी जनता बनाउने आधार पनि तय गर्छ ।’

    अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरु सांसद भएको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दावी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend