logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • जीवन्त अभिनय गर्न पाएँ: दयाहाङ राई

    जीवन्त अभिनय गर्न पाएँ: दयाहाङ राई

    2.3K
    Shares
    जीवन्त अभिनय गर्न पाएँ: दयाहाङ राई

    काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र जेठ २६ गतेबाट देशभर प्रर्दशन हुने भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो ।

    निर्माण सम्पन्न भएको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प,भूकम्पपछिको स्थिति, नागरिकले व्यहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ ।

    कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई जीवन्त रहीराख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचत्रिमा सो अवसर पाएको बताए ।

    उनले चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरिएको बताए ।

    त्यस्तै, अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दापनि समाज र समाजका मानिसहरु झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको बताए ।

    चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको संघर्षलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ ।

    रुवि भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्र निरफूलमा सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको छ भने प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend