सुनौलो नेपाल – २०२० शुरु भएकै दिन एक पटकको नेपाल घुमाई जीवन भरको अविस्मरणीय अनुभव भन्ने मुल नाराका साथ नेपाल भ्रमण बर्ष २०२०को बुधवार बिशेष समारोहका बिचमा राष्ट्रपति बिद्या देबी भण्डारीले उद्घाटन गर्नु भएको थियो । भब्य रूपमा दशरथ रंगशालामा आयोजना गरिएको उद्घाटन समारोहमा देशका उच्च पदस्थ ब्यक्तीहरु,बिभिन्न देशका राजदुतहरु, चिन,भारत म्यानमार लगाएतका पर्यटन मन्त्रीहरु ,बिदेशी पाहुना र स्वदेशी नागरीकको उपस्थिती रहेको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर २० लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ । सरकारको लक्ष्यलाइ सफल बनाउन अहिले सरकारी,निजी र सर्वसाधारण स्वत स्फूर्त रुपमा लागी परेको छन ।पर्यटकहरु नेपाल छिर्दा बितिक्कै पहिलो दृस्य देख्ने भनेकै त्रिभुबन अन्र्तराष्ट्रिय बिमान स्थल हो ।फस्ट इम्प्रेसन नै लास्ट इम्प्रेशन भएकाले त्रिभुबन बिमानस्थलले पनि नेपालको मौलीकता झल्कने बिभिन्न सजावटका दृश्यहरु राखेको छ भने पर्यटकलाइ बिना झन्झट छिटो छरीतो सेवा प्राप्त होस् भनी उपयुक्त ब्यबस्था मिलाइएको त्रिभुबन बिमानस्थका महाप्रबन्धक देबेन्द्र केसीको को भनाइ छ ।
हेर्नुहोस सुनौलो नेपालको बिशेष रिपोर्ट भिडियो सहित
नेपालमा पर्यटक आउने भनेको नै नेपालको प्राकृतिक सुन्दरता,सस्कृति,र नेपालको मौलीकता हेर्न आउने गर्छन् ।त्यसैलाइ ध्यानमा राखदै त्रिभुबन अन्र्तराष्ट्रीय बिमान स्थल सजावट गरिएको छ ।पर्यटकहरुलाइ लक्षीत गर्दै देशैभर बिभिन्न स्थलहरुमा होम स्टे, सुबिधा सम्पन्न होटल हरु पनि उल्यख्य मात्रमा खुलेका छन् ।तर पनि सडक लगाएतको पूर्वाधारमा भने अझै पनि सन्तोशजनक अवस्था छैन ।जसले गर्दा नेपालमा आएर फर्कने पर्यटकहरु निराश हुन सक्ने भएकोले भ्रमण बर्ष सफल पार्न सरकारले सर्वपर्थम पूर्वाधार क्षेत्रको बिकासमा ध्यान दिनुपर्ने सुझाब होटल ब्यबसायी महासंघका सचिव संकर भण्डारीको छ ।
भ्रमण बर्ष नारा र बाहीरी प्रचारले मात्र सफल हुदैन ।भ्रमण बर्ष सफल हुने भनेकै यहा आएका पर्यटकलाइ हाम्ले कस्तो ब्यबहार गर्यौ उनिहरुले के कस्तो सुबिधा पाय त्यसमा भर पर्छ ।त्यसैले पनि भ्रमण बर्षमा नेपाल घुम्न आउने पर्यटकका लागी सरकारी निजी क्षेत्र लगाएतले बिभिन्न सहुलीयतका प्याकेजहरु दिनसक्नुपर्ने लामो समयदेखेखी पोखरामा होटल ब्यबसाय गरेर आउनु भएका टीका रिसोर्ट कि संचालिका संगीता शर्माको भनाइ छ ।