logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्छ: अध्यक्ष पोखरेल

    श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्छ: अध्यक्ष पोखरेल

    1.1K
    Shares
    श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्छ: अध्यक्ष पोखरेल

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गरे ।

    नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको बिरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताए ।

    अध्यक्ष पोखरेलले भने, ‘श्रमजीवि पत्रकाहरुलाई मारमा पार्ने नयाँ प्रवृत्तिहरु देखिएका छन् । ठूलो लगानीका भनिने समाचार संस्थाहरुले समेत सञ्चारकर्मीहरुलाई नयाँ विकल्प खोज भन्न थालेको सूचनाहरु हामी कहाँ पनि आउन थालेका छन् । यो बेला श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाको सवालमा हामी सबैले संयुक्त रुपमा एउटा सशक्त अभियान थाल्न जरुरी छ । यसका लागि पनि प्रेस युनियन दृढ संकल्पित भएर आउनुपर्दछ भन्ने मलाई लाग्दछ । र, म त्यो आग्रह र अपिल पनि गर्न चाहन्छु ।’

    अध्यक्ष पोखरेलले सञ्चारमैंत्री कानुन निर्माणमा ध्यान दिन सरकारलाई पनि सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend