बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एक घण्टा ढिला गरी प्रतिनिधि सभा बैठक सुरु

एक घण्टा ढिला गरी प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । शनिबार दिउँसो ४ बजे बोलाइएको बैठक प्रतिनिधिसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ ।

एमालेको अवरोधका कारण हिजोदेखि स्थगित बैठक आज दिउँसो ४ बजेका लागि तोकिएपनि एक घण्टा ढिलाइ गरी अहिले सुरु भएको हो ।

शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै गरी स्थगित भएको थियो ।

एमालेले आफ्नो पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल हालेको आरोप लगाइएको भन्दै संसद अवरोध गरेको थियो ।

शनिबार बिहान कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा ओली माथि आरोप लगाइएको सन्दर्भलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले एमालेले संसदमा अवरोध नगर्ने पनि सहमति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका थिए ।

शनिबार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र उक्त नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

अहिले प्रधानमन्त्री प्रचण्डले जलहरी प्रकरणबारे प्रष्ट्याउँदै छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend