logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छः मन्त्री भुसाल

    पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छः मन्त्री भुसाल

    875
    Shares
    पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छः मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताएका छन् ।

    आईतवार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् ।

    उनले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताए । उनले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताए ।

    मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गरे । उनले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

    उनले भने, ‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौं । धेरै अस्पतालहरु समेत खोलेका छौं । तर पशुस्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौं भन्ने लाग्छ । पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौं । हामीले त्यो बुझाउन आवश्यक छ । पशु स्वास्थ्यलाई सरकारले जति महत्व दिएरहेका छैनौं । अब सरकारले पनि महत्व दिनुपर्छ । पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि मानव स्वास्थ्य सेवाको क्षेत्रमा जस्तै महत्वका साथ अगाडि बढाउनु पर्छ । त्यसका लागि धेरै काम भएपनि अहिलेदेखि थालनी गर्नुपर्छ । अहिले भइरहेका ऐनको परिमार्जनको विषयमा कुरा उठेका छन् । भने सरकारले कतिपय नयाँ ऐनहरु पनि बनाउनु पर्नेछ । बनेका ऐनहरुको नियमावलीहरु नबन्ने नकारात्मक प्रवृतिहरु छन् । तीनीहरुलाई हटाउँदै लैजानुपर्छ । अब महिलाहरुलाई हेप्छन भन्ने जमान गए । तपाईहरुले पनि महिलालाई हेप्छन् भन्न छोड्नुहोस् । अब पनि महिलाहरुलाई चुलो चौकामा मात्रै सिमित गरिन्छ भनेर किन भन्ने । महिलाहरु देशभर यसरी सक्रिय भएर लाग्नु भएको छ । अब महिलाहरु समाजलाई कसरी अगाडि बढाउने भन्ने हिसाबले अगाडि बढ्न आवश्यक छ ।’

    मन्त्री भुसालले भेटेनरी क्षेत्रमा देशैभर महिलाहरु सक्रिय सहभागिता देख्दा खुशी लागेको बताए । उनले समाज रुपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिन आवश्यक रहेको भन्दै अब महिलाहरु हेपिए भनेर बस्न नहुने बताए ।

    उनले महिलाहरु चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend