logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रिय सभा सदस्यका लागि नारायणकाजी श्रेष्ठले गरे मनोनयन दर्ता

    राष्ट्रिय सभा सदस्यका लागि नारायणकाजी श्रेष्ठले गरे मनोनयन दर्ता

    2.6K
    Shares

    पौष २० काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्। केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि श्रेष्ठसंगै महिलातर्फ सदस्यको लागि नेकपाका भगवति न्यौपानेले पनि मनोनयन दर्ता गरेकी छिन् ।

    श्रेष्ठ २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए । राष्ट्रियसभाको रिक्त १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदै छ ।

    निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवार दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ। सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend