logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍योः अर्थमन्त्री महत

    विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍योः अर्थमन्त्री महत

    1.3K
    Shares
    विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍योः अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ ।

    आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचनका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान रहेको बताए ।

    उनले वस्तु आयातमा भएको संकुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना भएको बताए । अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य क्रमशः कम हुँने क्रमले निरन्तरता कायम रहे मूल्यमा परेको दबाब कम हुने अपेक्षा सरकारको रहेको बताए ।

    उनले गत आर्थिक वर्षमा वाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अवलम्वन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताए । उनले मुलुकको शोधानान्तर स्थिति वचतमा रहेको भन्दै विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको दाबी गरे ।

    उनले पर्यटन आगमनमा पनि उल्लेखिय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको बताए । उनले संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको बताए । अर्थमन्त्री डा. महतले कुुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको बताए ।

    उनले भने, ‘२०२३मा विश्व आर्थिक गतिविधिमा सुस्तता आई सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । अन्तर्राष्ट्रिय परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २.१६ प्रतिशत अनुमान छ । वस्तु आयातमा भएको संकुचन समस्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आई स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना हुन गएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थ लगायत खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिको कारण चालु आर्थिक वर्षको शुरुवातमा आयातित वस्तुको साथै समग्र मूल्य स्तरमा दबाब सिर्जना भएको छ । खास गरी पेट्रोलियम वस्तुको मूल्य क्रमशः कम हुँदै गएको र सोको निरन्तरता कायम रहेमा मूल्यमा परेको दबाब कम हुने अपेक्षा गरेको छु । गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अबलम्बन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनारावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप वाह्य क्षेत्र सन्तुलनमा सुधार भएको छ । सोधानान्तर स्थिति वचतमा रहेको छ । विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको छ । पर्यटन आगमनमा पनि उल्लेखिय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको छ । संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको छ । कुुल जडित विद्युत क्षेमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको छ ।’

    अर्थमन्त्री महतले सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको बताए । उनले सार्वजनिक संस्थामा व्यवस्थापन कमी कमजोरीको कारण समग्र वित्तीय स्थिति सन्तोषजनक हुन नसकेको बताए ।

    उनले नेपाल सरकारको लगानीमार्फत सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा मात्रै नाफामा सञ्चालित रहेको बताए । उनले आर्थिक वर्ष २०७८/७९मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड बराबरको लाभांश अर्थात लगानीको १ प्रतिशत लाभाशं प्राप्त भएको बताए ।

    उनले भने, ‘ विगतमा सार्वजनिक संस्थाहरुले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भएता पनि समय क्रममा सार्वजनिक संस्थामा व्यवस्थापन कमी कमजोरीको कारण समग्र वित्तीय स्थिति सन्तोषजनक हुन नसकेको अवस्था छ । नेपाल सरकारको लगानी मार्फत सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानहरु मध्ये २५ नाफामा सञ्चालित छन् । सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७८/७९मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड बराबरको लाभांश अर्थात लगानीको १ प्रतिशत लाभाशं प्राप्त गरेको छ ।सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको छ । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राखि रहन आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको छ । सार्वजनिक क्षेत्रभित्र राख्न सार्वजनिक संस्थानको संरचना र व्यवस्थापकिय सुधार आवश्यक देखिन्छ ।’

    अर्थमन्त्री महतले सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको बताए । उनले प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको बताए ।

    उनले सार्वजनिक क्षेत्रभित्र राख्न सार्वजनिक संस्थानको संरचना र व्यवस्थापकीय सुधार आवश्यक रहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend