logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

    सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

    924
    Shares
    सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

    बाँके । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ ।

    थारु समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ–गाउँ पुगेर उक्त रोगबारे जानकारी दिइएको नगरपालिकाले जनाएको छ ।

    चिकित्सक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँ–गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग , यसले पार्ने अल्पकालीन तथा दीर्घकालीन समस्या, थारु समुदायमा रोगको असर र नियन्त्रणलगायत विषयमा समुदायलाई सचेत बनाउने काम गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।

    उक्त नगरपालिकाले सिकलसेलको जाँच निःशुल्क गर्दै आएको र अहिलेसम्म करिब १५ हजार ब्यक्तिमा जाँच गरिसकेको छ । तीमध्ये एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएका नगरपालिकाका ल्याव प्रमुख शिब गौतमले जानकारी दिए । पालिकाले थारु बस्ती तथा टोल टोलमा सो रोगबारे सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ थियो ।

    सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, कोहलपुर नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा। प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरीलगायत विज्ञ टोलीले ती रोगबारे प्रशिक्षण दिँदै आएको छ ।

    नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सिकलसेल एनिमिया र थालेसेमिया बंशाणुगत रोग भएकाले यसको नियन्त्रणका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम सुरु गरेको बताए ।

    उनले ल्याव परीक्षणबाट मात्रै रोगलाई नियन्त्रण गर्न सकिनेमा जोड दिदै कोहलपुरको नगर अस्पतालमा आएर निःशुल्क जाँच गर्न स्थानीयलाई आग्रह गरे । जिल्लामा पछिल्लो समय यसका विरामीको संख्या बढदै जान थालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend